Thursday, 28, January, 2021

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह

कास्की । गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच आज विवाह हुँदैछ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङबीच आज पोखराको एक गुम्बामा विवाह हुन लागेको हो । उनीहरुको मागी विवाह हुन लागेको हो ।

दुवै जना पूर्वएमालेबाट निर्वाचित हुन् ।