Saturday, 23, January, 2021

विरेन्द्र नै राजा भएका भए गणतन्त्र आउने थिएन

काठमाडौं । सुन्दरमणी दिक्षितले राजा बिरेन्द्र नै भएको भए गणतन्त्र नआउने बताएका छन् ।

आज विहान पत्रकार ऋषि धमलासँग रेडियोमा कुरा गर्दै उनले तत्कालीन राजा ज्ञानेन्द्रका कारण नै गणतन्त्र आएको उल्लेख गरे । उनले राजसंस्थाको पक्षमा सडकमा दिनहुँजसो जुलुस लाग्नुको उद्येश्य के भएको भन्ने बुझ्न समस्या भएको बताए । ‘जुलुस किन लागेको हो , मैले बुझेको छैन’ उनले भने ‘यही संविधानमा रहने गरी राजा ल्याउने भन्छन् त्यो सम्भव छैन ।’

उनले सत्तारुढ नेकपाको विवाद राम्रो नभएको स्पष्ट पारे । नेकपा विभाजन भएर आफ्नो आफ्नो बाटोमा लागे उनीहरुलाई पनि सजिलो हुने उनको सुझाव छ ।