Saturday, 23, January, 2021

आइतबार संवैधानिक परिषद्को बैठक बस्दै, भागवण्डा नमिल्दा सधैं नियुक्ति अलमलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

बैठक नबस्दा झण्डै ४ दर्जन पद रिक्त छन् । संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् । सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा मिलेको छैन । धेरैवटा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाँदा पनि नियुक्तिमा अलमल भएको हो । नियुक्तिमा नेकपा र कांग्रेसले भागवण्डा गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खालि छन् । निर्वाचन आयोगमा पनि दुई आयुक्त खालि छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।