Tuesday, 08, June, 2021

छोरीले गरिन् बाबुको हत्या

उदयपुर । उदयपुरमा छोरीले बाबुको हत्या गरेकी छिन् । ५५ वर्षीय बाबु नेत्रबहादुर पुलामी मगरको हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपीट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको थियो । नेत्रको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।