Thursday, 10, June, 2021

तनहुँको विरोधसभालाई डा. मिनेन्द्र रिजालले सम्वोधन गर्ने

काठमाडौ । नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने देशव्यापी विरोध प्रदर्शनमा तनहुँमा पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई प्रतिनिधि खटाएको छ ।

मंसिर १७ गते तनहुँमा नै एक पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि कांग्रेसले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा १९ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पौडेल पक्राउसँगै सरकारका गलत गतिविधिका बारेमा आन्दोलन गर्ने निर्णय गरेको थियो ।

तनहुँका कांग्रेस कोषाध्यक्ष रेशम गुरुङले डा. रिजालले प्रमुख अतिथिका रुपमा सम्वोधन गर्ने जनाए । विहान ११ बजेर १५ मिनेट जाँदा दमौलीबाट विरोधसभा सुरु हुने उनले फेसबुकमार्फत जनाएका छन् । उनले सबैलाई आन्दोलनमा आउनसमेत आग्रह गरेका छन् । मंगलबार आन्दोलनकै विषयमा छलफल गर्न बन्दीपुर गाउँपालिकामा छलफल समेत भएको गुरुङले जनाए ।