Sunday, 24, January, 2021

कोरोनाले थप २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाको कारण २३ जनाको थप मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ सय ३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । त्यस्तै पछिल्लो एक दिनमा १६ सय २१ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

हालसम्म नेपालमा १७ लाख ९९ हजार ६ सय ८६ को कोरोना परीक्षण गरिएको छ ।