Sunday, 24, January, 2021

आमा, बुबा, सासु र ससुरासँग माफी माग्दै श्रीमानको मृत्युपछि सँगै गइन् उनी पनि

काठमाडौं । मृत्यु सत्य छ तर कसरी कहिले हुन्छ भन्ने थाहा छैन । कतिपयले विनाकारण देहत्याग गर्छन् भने कोही त्यस्तै प्रकारका पीडा सहन नसकी वाध्यताले मृत्युवरण गर्न पुगेका हुन्छन् ।

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको छ । गैरआवासीय नेपाली संघ साईप्रसका अनुसार उनी सन् २०१९ को अक्टोबरमा नेपालको काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियरले जानकारी दिए । मृतक तमाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साईप्रस गएकी थिइन् श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ । मृतक तामाङले टिकटकमा श्रीमानको दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।