Thursday, 10, June, 2021

अभियोग ठहर नभएपछि सिद्धबाबाले अदालतबाट सफाई पाए

धरान । अभियोग ठहर नभएपछि सिद्धबाबा भनिने धर्मगुरु (कृष्णबहादुर गिरी) लाई जिल्ला अदालत सुनसरीले आज सफाइ दिएको छ ।

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । उनलाई बलात्कारसम्वन्धी मुद्या लगाएर फसाउन खोजिएको थियो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाइ पाएको जानकारी दिए । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको वेवास्ता गर्दै आज नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको मुद्या हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो । तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।