Tuesday, 19, January, 2021

नायिका श्वेता खड्काले विवाह गरिन्

काठमाडौं । नायिका श्वेता खड्काले आज विवाह गरेकी छिन् ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् । स्वेताको विवाह काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुँदैछ । विजयेन्द्र र श्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । नायिका श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । श्रीकृष्णको एक महिनापछि साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका खड्काले यो वर्षको मातातिर्थ औंशीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।