Saturday, 16, January, 2021

ओलीको लागि मिलाइएको सुरक्षा व्यवस्था यसरी काम लागेन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका लागि भनेर मिलाइएको सुरक्षा व्यवस्था काम लागेन ।

ओली पनि स्थायी समिति बैठकमा जाने भनिएपछि प्रशासनले उनको सुरक्षाको तयारी गरेको थियो । पार्टीभित्र नै चरम विवाद हुँदै गएपछि उनी संकटमा पर्दै आएका छन् । अल्पमतमा पर्ने भएपछि स्थायी समिति बैठकमा ओली आज पनि गएनन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले वहिष्कार गरेका छन् ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको बैठक ओलीलाई पर्खिएकाले केही ढिलो गरी सुरु भएको थियो । सचिवालयको शनिबारको बैठकले पार्टीका दुवै अध्यक्षको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्ने भनेको थियो । ओलीले स्थायी समितिको बैठकलाई हिजो नै ‘रत्यौली’ को संज्ञा दिएका थिए । उनले बैठक बोलाउन आवश्यक नभएको अडान लिएका थिए ।

ओलीको अनुपस्थितिमा नै आजको बैठक बसेको हो । आफू संकटमा पर्दै गएपछि ओलीले यस्ता बैठक वहिष्कार गर्दै आएका छन् । स्थायी समितिमा ओली अल्पमतमा छन् ।