Saturday, 16, January, 2021

स्थायी समिति बैठक ओलीद्धारा वहिष्कार

काठमाडौं । नेकपाको आजको स्थायी समिति बैठक प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले वहिष्कार गरेका छन् ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको बैठक ओलीलाई पर्खिएकाले केही ढिलो गरी सुरु भएको थियो । सचिवालयको शनिबारको बैठकले पार्टीका दुवै अध्यक्षको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्ने भनेको थियो । ओलीले स्थायी समितिको बैठकलाई हिजो नै ‘रत्यौली’ को संज्ञा दिएका थिए । उनले बैठक बोलाउन आवश्यक नभएको बताएका थिए । ओलीको अनुपस्थितिमा नै आजको बैठक बसेको हो ।

बैठकमा नगएपछि ओलीले स्थायी समितिमा पठाएको पत्र
बैठकमा नगएपछि ओलीले स्थायी समितिमा पठाएको पत्र

स्थायी समितिमा ओली अल्पमतमा छन् । आफ्नो भावना अनुसार स्थायी समिति नजाने भएपछि उनी गएनन् । ओलीलाई पार्टी भित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नुपर्ने दवाव छ । ओलीकै कारण पार्टीका धेरैवटा बैठक हुन सकेका छैनन् ।

स्थायी समितिको अर्को बैठक मंसिर २८ गते बस्ने भएको छ । मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पौष ५ गते बस्ने निर्णय पनि गरेको छ ।