Sunday, 24, January, 2021

रचना रिमाल र नमराज ढुंगानाकाे “पिरतीमा दम छ” सार्वजनिक

काठमाडौं । लाेकदाेहाेरी गायक नमराज ढुंगाना र गायिका रचना रिमालकाे स्वरमा लाेकदाेहाेरी गीत “पिरतीमा दम छ” सार्वजनिक भएकाे छ ।

भिमशेन खतिवडाको शब्द, नवराज ढुंगानाको संगीत, कमल साैरागको संगीत संयाेजन  र  कुमार सानुकाे मास्टरिङ रहेको उक्त गीत सार्वजनिक भएको हो ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरी र आयुष्मा कार्कीकाे अभिनयरहेको छ ।

दिपक गिरीले छायांकन, लक्ष्मण चाैहानले सम्पादन र मिलन विश्वकर्ममाले कलर गरेको सो गीत डिएआर मुभिजकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

भिडियाे लिङ्क:
https://youtu.be/XvtjkOIXRUc