Wednesday, 09, June, 2021

पूर्वराजालाई राजनीतिक प्रतिष्पर्धामा आउन शेरबहादुर तामाङको चेतावनी

काठमाडौं, पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आएर प्रतिष्पर्धा गर्न चुनौती दिएका छन् ।

रिपोर्टर्स क्लवद्धारा शनिबार आयोजित अन्तरक्रियामा तामाङले कसैले राजा आउ भनेर सडकमा कराउँदैमा राजसंस्था नफर्कने समेत बताए । उनले पूर्वराजाले राजनीतिक दल खोलेर प्रतिष्पर्धा गर्न आए आफूहरु तयार रहेको प्रष्ट पारे । अर्को प्रसंगमा उनले नेकपा नफुट्ने पनि दाबी गरे ।