Friday, 11, June, 2021

नेकपाको झगडिया प्रतिवेदनबारे स्थायी समितिमा आइतबार छलफल हुने

काठमाडौ । नेकपाका दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि आइतबार स्थायी समितिमा छलफल हुने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ती दुवै प्रतिवेदनलाई स्थायी समितिमा पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नगएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा सचिवलायका ९ जना सदस्य नै उपस्थित थिए ।

अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई लगाएको आरोपपछि पार्टीमा विवाद हुँदै आएको छ । दाहालको जवाफ पनि ओलीले दिइसकेका छन् । आइतबारको बैठक पार्टी कार्यालय धुम्वाराहीमा दिउँसो १ बजे बस्ने छ ।