Wednesday, 20, January, 2021

बहुविवाहको आरोपमा सल्यानमा वडाध्यक्ष पक्राउ

सल्यान । बहुविवाहको आरोपमा सल्यानमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । वनगाड कुपिण्डे नगरपालिका –९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई पक्राउ परेका हुन् । उनलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष कुमाईसहित उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा दुई जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अदालत सल्यानबाट अनुमति लिएर आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

उनीहरुलार्ई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उनले बताए ।