Wednesday, 09, June, 2021

कांग्रेसले मंसीर २९ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

बुधबार तनहुँमा पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पौडेलले बिहीबार पुल उद्घाटन गरेका थिए । आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो ।