Friday, 22, January, 2021

राष्ट्रपति भण्डारीलाई राजीनामा दिएर पार्टीको राजनीति गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद मिनेन्द्र रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिबाट राजीनामा दिएर नेकपाको सक्रिय राजनीतिमा आउन सुझाव दिएका छन् ।

शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राष्ट्रपतिले संविधान अनुसार पदीय मर्यादाविपरीत काम गरेको आरोप लगाए । उनले राष्ट्रपतिले पार्टीमा हस्तक्षेप गर्नु अस्वभाविक भएको दाबी गरे । पूर्वमन्त्रीसमेत रहेका रिजालले राष्ट्रपतिलाई नेकपाको अध्यक्ष बनेर राजनीति गर्न सल्लाह दिएका छन् । पछिल्लो समयमा राष्ट्रपतिले पार्टीको विवादमा सक्रिय सहभागिता जनाउँदै आएकी छिन् ।

भण्डारी नेकपा एमालेकी पूर्व उपाध्यक्ष हुन् । श्रीमान मदन भण्डारीको चितवनको दासढुंगामा निधन भएपछि विद्यादेवी राजनीतिमा उदाएकी हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको कृपा पाएर दोस्रोपटक पनि राष्ट्रपति बनेकी छिन् ।