Thursday, 10, June, 2021

पुल उद्घानपछि पौडेलले भने– ‘कम्युनिष्ट तानाशाही प्रवृतिविरुद्ध आन्दोलन जारी रहने छ’

काठमाडौं । बुधबार पुल उद्घाटन गर्न नपाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज तनहुँमा पुल उद्घाटन गरेका छन् ।

निषेधाज्ञा लगाएको भन्दै प्रहरीले पौडेललाई बुधबार पक्राउ गरेर केही समयपछि छोडेको थियो ।

आज भने निषेधाज्ञा लगाइएको थिएन । पुल उद्घाटन गर्ने क्रममा बुधबार प्रहरीबाट पक्राउ परेका पौडेलले आज जुलुस लिएर पुल उद्घाटन गरेका हुन् । पौडेलले कम्युनिष्ट तानाशाही प्रवृतिविरुद्ध आन्दोलन जारी रहने सामाजिक सञ्जालमा लेखेका छन् ।

पौडेलकै पहलमा बनेको पुल उद्घाटन गर्न नदिन सत्तारुढ नेकपा सक्रिय भए पनि पुल उद्घाटन भएको हो । पौडेल पक्राउको विरोधमा हिजो र आज कांग्रेस र उसका भ्रातृ संघ संगठनले देशव्यापी विरोध प्रदर्शन गरेका थिए ।