Tuesday, 08, June, 2021

काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ५० महिला र ३ सय ११ पुरुषमा संक्रमण भएको जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९ सय ४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय ५५, ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।