Friday, 22, January, 2021

आज पनि किन भेटे प्रधानमन्त्रीले राष्ट्रपतिलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

पार्टीमा हरेकपटक विवाद देखिएर ओली कमजोर बनेपछि उनी राष्ट्रपति भेट्न जाने गरेका छन् । पार्टीमा देखिएको विवाद मिलाउन राष्ट्रपति पनि लागिपरेकी छिन् । नेकपाका शीर्ष नेताहरुसमेत बारम्बार शितलनिवास जाने गरेका छन् । केहीलाई भने राष्ट्रपतिले आफैं बोलाएर छलफल गर्ने गरेकी छिन् । ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकअघि उनी राष्ट्रपतिलाई भेट्न गएका हुन् ।