Saturday, 16, January, 2021

नायिका श्वेता खड्काले २२ गते विवाह गर्ने

काठमाडौं । नायिका श्वेता खड्काले मंसिर २२ गत विवाह गर्ने भएकी छिन् ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको विवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र श्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । नायिका श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । श्रीकृष्णको एक महिनापछि साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका खड्काले यो वर्षको मातातिर्थ औंशीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।