Thursday, 10, June, 2021

रामचन्द्र पौडेल भन्छन् –‘ढाड र कम्मर दुख्न थाल्यो’

काठमाडौं । बुधबार प्रहरीद्धारा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ढाड र कम्मर नराम्ररी दुख्न थालेको बताएका छन् ।
हिजो तनहुँको व्यास नगरपालिकामा पुल आज उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । कार्यक्रम छ भन्ने थाहा पाएपछि प्रशासनले निषेधाज्ञा लगाएको जिल्लाका कांग्रेस कोषाध्यक्ष रेशम गुरुङले जनाएका छन् । पुल उद्घाटन गर्नुअघि नै प्रहरीले पक्राउ गरेपछि पुल उद्घाटन हुन पाएन । ठूलो संख्यामा रहेका प्रहरीले पौडेलसहित अन्य कांग्रेसी नेतालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो । ७४ वर्षीय पौडेलको ढाड र कम्मर दुखेको भन्दै आएको नेता गुरुङले जनाए । पक्राउ परेपछि पौडेलले सामाजिक सञ्जालमा पक्राउ परेको जनाएका थिए । तनहुँको क्षेत्र नम्बर १ मा पुल पर्दछ, पौडेल त्यही क्षेत्रबाट प्रतिनिधिसभाको यो निर्वाचनमा पराजित भएका हुन् ।

गुरुङका अनुसार आज पनि पुल उद्घाटन गर्ने कार्यक्रम छ । गुरुङले आजको कार्यक्रममा तनहुँ घर भएका कांग्रेस केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराइका साथै छिमेकी जिल्लाका पार्टी नेताहरु पनि सहभागी हुने बताए । ‘हामी आज पुल उद्घाटन गर्ने तयारीमा छौं, प्रशासनले अवरोध गरे पनि हामी पछि हट्ने छैनौं’ नेता गुरुङले भने ‘रामचन्द्र पौडेलले पुल उद्घाटन गर्ने भनेपछि नेकपा नेताहरुको सेटिङमा प्रशासनले निषेधाज्ञा लगाएको हो ।’

जिल्ला कोषाध्यक्ष गुरुङको फेसबुकबाट स्टाटसबाट
जिल्ला कोषाध्यक्ष गुरुङको फेसबुकबाट स्टाटसबाट

‘प्रहरीले पक्राउ गर्दा लछारपछार पारेको छ, त्यसैले उहाँ निकै घाइते हुनुभएको छ’ उनले भने ‘ नियोजित ढंगले निषेधाज्ञा लगाएको हो, यसका विरुद्ध कांग्रेस पनि चुप लागेर बस्ने छैन ।’