Tuesday, 19, January, 2021

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन्। उनले प्रहरीको नियन्त्रणमै रहेको अवस्थामा सर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द गर्न आग्रह समेत गरेका छन् । ‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, उनले लेखेका छन्, ’सर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।’

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो । तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको हो ।