Wednesday, 09, June, 2021

ओली नगएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा नगएपछि नेकपाको सचिवालय बैठक तीन दिनपछिका लागि सरेको छ ।
अध्यक्ष ओलीले आफू व्यस्त भएको जनाएपछि आज एक बजे बोलाइएको बैठक एक घण्टा सारिएको थियो । त्यसपछि पनि ओली नगएपछि बैठक २० गते शुक्रबार एक बजे बस्ने गरी स्थगित भएको छ । ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल गर्ने आजको कार्यसूची रहेको थियो । दुई बजे भनिएको बैठक सुरु भए पनि ओली नगएपछि फेरि बैठक स्थगित भएको हो ।