Saturday, 16, January, 2021

जुम्लाका १ सय ५९ जना कांग्रेसमा प्रवेश

जुम्ला । जुम्लाका १ सय ५९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको हिमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा अन्य पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार नेकपा (विप्लव) का जिल्ला जनसरकार उपप्रमुख दलजित शाहीलगायत अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । शाहीले पार्टी प्रवेशको क्रम निरन्तर भएको समेत जनाएका छन् ।

कांग्रेस जुम्लाका सभापति दिपबहादुर शाही, उपसभापति लक्ष्मण बोहरालगायत जिल्ला स्तरीय नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गरेका उनीहरु अन्य पार्टीमा सक्रिय राजनीति गर्दै आएका थिए । नेकपाको सरकारले देश र जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।