Saturday, 10, July, 2021

नेकपा फुट्ला कि भनेर कोही खुशी हुनु पर्दैन – खनाल

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुट्ला र राम्रो भाग पाइएला भनेर कोही खुशी हुनु नपर्ने बताएका छन् ।

उनले पार्टीमा देखिएको आन्तरिक संघर्षले पार्टी झन् बलियो बन्दै खारिँदै जाने पनि दाबी गरे । सोमबार इलाममा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले नेकपालाई कसैले फुटाउन नसक्ने र नफुट्ने पनि ठोकुवा गरे । उनले बहस र छलफलबाट नेकपा रुपान्तरण हुँदै जाने बताए ।

नेकपा फुटिदिन्छ र ठूलो भाग खान पाउँछु भनेर कसैलाई नसोच्न पनि उनले आग्रह गरे । पार्टीलाई चलाउँदा विधि र पद्धतिपूर्वक कसरी चलाउने, पार्टीलाई कसरी सम्बृद्ध र सुसंस्कृत पार्टी बनाउने अभियान पार्टीभित्र चलिरहेको र त्यही शिलशिलामा पार्टीका नेताहरुका बीचमा भिन्नताहरु देखापरेको खनालको दावी छ ।