Thursday, 28, January, 2021

१४ सय ७४ जनामा थप कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ जनामा गरिएको परीक्षणमा १४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९ सय ३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । हाल मुलुकभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेका छन् ।