Saturday, 17, April, 2021

कांग्रेस नेता कान्छाराम तामाङको अर्को उदाहरणीय काम यस्तो

काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले आइतबार बिहान सवारी दुर्घटनामा गम्भीर घाइते भएका सवारी चालकलाई उपचारार्थ हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उद्दार गरेका छन् ।

बिहान यात्रु लिन जाने क्रममा रामेछापको लिखु गाउँपालिका वडा नम्बर ४ डुडामा हिम गंगा प्रालिको टाटा सुमो किञ्जाभन्दा माथिबाट ५० मिटर तल खोलामा खस्दा सवारी चालक सञ्जिब लुइटेल गम्भीर घाइते भएका थिए । यस्तो समाचार सुन्नेबित्तिकै नेता कान्छारामले आफ्नै पहलमा हेलिकोप्टरबाट सवारी चालक लुइटेललाई उद्दार गरेका हुन् । तामाङ प्रतिनिधिसभाको निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका थिए । उनी जिल्लाका अरु पनि सामाजिक विकासमा सक्रिय रहँदै आएका छन् । उनले यसरी नै धेरैपटक विरामीलाई हेलिकोप्टोरबाट काठमाडौं ल्याएका छन् ।

तामाकोशी २ शैपु स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा ६ बस्ने वर्ष २५ का चालक लुईटेललाई उपचारार्थ तत्कालै प्रभु हेलिकप्टरबाट उद्दार गरिएको हो । उनलाई अहिले उपचारार्थ ग्वार्कोस्थित विएण्डवी हस्पिटलमा राखिएको छ । गम्भीर अवस्थामा हस्पिटल ल्याइएका लुइटेलको उपचार भइरहेको दाजु सञ्जयले  बताए ।

उनको मेरुदण्डमा गम्भीर चोट लागेको चिकित्सकले जनाएका छन् । कांग्रेस नेता तामाङ जिल्लामा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेताका रुपमा परिचित छन् । उनले जिल्लामा एम्बुलेन्ससेमत बाँडेका छन् ।