Friday, 27, November, 2020

उपत्यकामा १३३८ सहित २४ घण्टामा २९०९ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं,काठमाडौँ उपत्यकामा १३ सय ३८ सहित पछिल्लो २४ घण्टामा नेपालमा २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्  ।

मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन्। शुक्रबार ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

शुक्रबार १८ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ७० जनाको ज्यान गएको छ ।

शुक्रबार उपत्यकामा थपिएका संक्रमितमध्ये ५७० महिला र ७६८ जना पुरुष छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना गरी उपत्यकामा कुल १ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।