Saturday, 28, November, 2020

‘अल्ला हु अकबर’ भन्दै फ्रान्समा चक्कु आतंक, महिलाको शिर काटियो

फ्रान्स, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले मुस्लिम धर्मबारे विवादस्पद अभिव्यक्ति दिएसँगै फ्रान्सको चर्चमा बिहीबार चक्कु आक्रमण भएको छ ।

यस आक्रमणमा ३ जनाको मृत्यु हुनुको साथै कयौं घाइते भएको फ्रान्सका संचारमाध्यमलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

आक्रमणकारीले ‘अल्ला हु अकबर’ भन्दै चक्कु प्रहार गरेको बताइएको छ। यस घटनामा एक महिलाको शिर काटिएको पनि बताइएको छ ।

निस शहरका मेयर क्रिस्टियन इस्टरोसीका अनुसार नोट्रे डेम चर्च नजिकै आक्रमण भएको हो ।

यस घटनालाई प्रहरीले आतंकवादी आक्रमण भनेका छन्। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ ।

यसै महिनाको सुरुवातमा मुस्लिम अतिवादीले फ्रान्सेली शिक्षकको शिर काटेर हत्या गरेका थिए। त्यसको केही समयमै फ्रान्समा फेरि चक्कु आक्रमणको घटना भएको हो । यसपटक पनि एक महिलाको शिर काटिएको छ।