Friday, 04, December, 2020

आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

काठमाडौं, नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड(१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा। केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड(१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।

डा। केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा। केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् । तर सहमति जुट्न सकेको छैन ।

शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड(१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा। केसीलाई आग्रह गरेको छ ।