Saturday, 28, November, 2020

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ।

आज शनिबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन्।

‘गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ,’ उनले भनेका छन्, ‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो र आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।’

उनले आफूलाई हल्का ज्वोरोबाहेक अरु समस्या नदेखिएको जनाएका छन्।

‘केहि दिनयता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्रार्थी छु,’ मन्त्री भट्टराईले भनेका छन्, ‘होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र?’