Wednesday, 25, November, 2020

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर,विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रंगेली नगरपालिका ४ का ७२ वर्षीय पुरुषको बुधबार राति साढे ९ बजे र सुनसरीको धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।                                  रंगेलीका कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । वृद्ध थाइराइड र फोक्सोसम्बन्धी दीर्घ रोगी रहेको उनको भनाइ छ । धरानका ४५ वर्षीय पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि असोज १७ गते उपचारका लागि अस्पताल आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको दाहालले बताए । उनमा अन्य कुनै किसिमको रोग नभएको दाहालले सुनाए । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।