Saturday, 28, November, 2020

प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ, भन्छन् कांग्रेस नेता बालकृष्ण खाँण

काठमाडौं, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलमै प्रदेश राजधानी कायम गर्न माग गरेका छन्। रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेता खाणले राजनीतिक पूर्वाग्रही राखेर राजधानी सार्न खोज्नु नागरिकको भावना विपरीत भएको दावी गर्दै जवर्जस्त प्रस्ताव पास गर्ने कार्य रोकेर बुटवलमै कायम गर्न माग गरेका हुन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खाँणले प्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप पनि लगाएका छन्।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ।