Saturday, 28, November, 2020

अनुदानकाे वजेटमा हिस्सा खाेज्दै नेकपा नेता ,जग्गाधनिले सहयाेगकाे अपिल

जग्गा धनिको स्टाटस


नुवाकोट(नुवाकोटको विदुर ५ मा निर्माणाधिन हिमालयन शीत भण्डारणमा अनियमितता बाहिर आएको छ।
शीत भण्डार केही वर्ष पहिले पुर्वप्रधानमन्त्रि वावुराम भट्टराई पत्नि हिसिला यमि वाट सिलन्यास गराईएको भएपनि लगानिकर्ताहरु विचको वेमेल तथा आर्थिक समस्याले निर्माणमा ढिलाई भएको थियो। यहि शितभण्डारको सन्चालन स्वार्थ संग जोडिएर यसका सन्चालक माधवकुमार गजुरेल २०७४ को निर्वाचनमा तामझामका साथ काँङ्ग्रेस प्रवेश गरेका थिए। देविघाटमा काङ्ग्रेसको चुनावि सभामा उधोगपति विनोद चौधरिलाई साछि राखि काङ्ग्रेस जानु शितभण्डारको लागि आर्थिक र साझेदारि खोज्नुनै हो कि भन्ने आम नागरिकको वुझाई रहेको थियो। तर काँग्रेसवाट आफ्ना स्वार्थ पूरा नभएपछि यता जाउनकि उता जाउ बनेर विक्षिप्त भई हिडिरहेका थिए।
विदुर ५ का स्थानिय तथा समाजसेवि उपेन्द्र ओझाको व्यक्तिगत ९र१० रोपनि जमिनलाई कम्पनिको नाममा पास गरिएको उक्त शितभण्डारमा पछिल्लो समय प्रदेश सरकारको १० करोड अनुदानको विषयमा जग्गाधनि को समाजिक सन्जालमा आएको स्टाटसले सवैलाई झस्काएका छ। निर्वाचनमा काङ्ग्रेसको पराजय पछि नेकपाका नेता तथा प्रदेश मानिनिय केशव पाण्डे संग नजिकिएका माधव कुमार गजुरेलले उहाँकै आडमा प्रदेश अन्तर्गतको अनुदान ल्याउन सफल भएको कुरा वहिरिएको थियो। अनुदान लाई चुक्तापुजि मानेर ५०५ अर्थात ५ करोड दिनुपर्ने नेकपाका नेताहरुको दवाव भन्दै पिडित ओझाले सामाजिक सञ्जालमा लेख्नु लाई अर्थपुर्ण रुपमा हेरिएको छ।
ओझाको स्टाटसलाई प्रतिकृया दिदै अरु शितभण्डारका वारेमा पनि विवाद देखापरेको छ।

तस्विर राजकुमार अर्याल पुत्ला

कानुन र नीति निर्माण गर्नेहरु कै संस्था वा कम्पनिलाई अनुदान पर्नु स्वभाविक नभएर पावरको दम्भ भन्दै ढिकुरेका किसान नेता रामप्रसाद ढकाल ले लेख्छन”आलुको पकेट क्षेत्र ढिकुरे अनि कोल्ड स्टोर वन्छ गंगटे र माझिटारमा।किसानलाई प्रतक्ष्य र सिधा लाभ हुनुपर्ने अनुदानका सितभण्डारहरु प्रदेश माननियकै हुनुलाई जनताले के वुझ्ने”।
स्मरण रहोस प्रदेश माननीय वद्रि मैनालि अध्यक्ष रहेको नुवाकोट सितभण्डार प्रदेशको अनुदानमा निर्माण सम्पन्न भएर सन्चालनमा समेत आईसकेको छ।यता माझिटारको हिमालयन सितभण्डारमा नेकपाका नेताहरुको ५ करोडको वार्गेनिङ भनेर आएको अवस्थामा वेलकोटगढि न पा(१० मा निर्माणाधीन सितभण्डारमा पनि नेकपा कै नेताहरु ठाकुर गजुरेल,बासु कड्वाल लगाएत सम्वधित वडा अध्यक्ष पुर्ण वहादुर त्रिपाठी सहितका नेताहरुको लगानि रहेको र त्यहाँ पनि प्रदेश सरकारकै १० करोड अनुदान परेको छ।