Friday, 27, November, 2020

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

वासिङटन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् ।
आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।

‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’

बीबीसीका अनुसार पछिल्लो समय हिक्ससँग ट्रम्प र मेलेनियाले सँगै लामो समय बिताएका थिए । राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए ।

ह्वाइट हाउसमा रहेको चिकित्सको विशेष टोलीको प्रत्यक्ष निगरानीमा राष्ट्रपति र प्रथम महिला रहने पनि उनले बताए ।