Wednesday, 25, November, 2020

थप ११५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज, १३ जनाको मृत्यु  

काठमाडौं, पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८, १८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०र१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७र७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५र५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४र४ जना, दोलखा, मकवानपुर र अछामका ३,३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २र२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १र१ जनामा पनि संक्रमण देखिएको छ ।

भएकोयसैबिच, पछिल्लो १४ घण्टामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट थप १३ जनाको मृत्यु  छ । काठमाडौं, भक्तपुर, ललितपुर २, २ तथा दोलखा, ताप्लेजुङ, सुनसरी, झापा, रुपन्देही, सुर्खेत र सप्तरीका एकएक जनाको मृत्यु भएको हो ।