Tuesday, 24, November, 2020

पेरिसडाँडामा पहिलोपटक नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दै छ ।

पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सविचलाय बैठकमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार आज बस्ने सचिलाय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने छ ।

यसअघि नेकपाका बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्न लागेको हो ।