Saturday, 28, November, 2020

कैलाली एफएममा कार्यरत पत्रकार मृत फेला, एकजना पक्राउ

कैलाली, कैलालीको घोडाघोडी नगरपालिका सुखडस्थित कैलाली एफएममा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्। घोडाघोडी नगरपालिका वडा नम्बर९४ घर भएकी २३ वर्षीय निर्मला पहराई जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।

पहराईको आफन्तले  छोरी हराएको भन्दै बिहीबार प्रहरी कार्यालयमा खोजतलास गरिदिन निबेदन दिएका थिए। पहराई आज बिहान रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि अनुसन्धानको लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरिएको विष्टले बताए। मृतक पहराईको शव पोष्टमार्टमका लागि धनगढी पुर्‍याइएको छ।