Friday, 27, November, 2020

नेकपाको सचिवालय बैठक शुक्रबबार बस्ने, मन्त्रिपरिषद् पुनर्गठन लगायत एजेन्डा

काठमाडौँ, सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बताईको छ ।

बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक तय भएको हो ।

मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणका बाँकी काम छलफलका एजेन्डा रहेका छन् । भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको छ ।