Wednesday, 25, November, 2020

सृजन बरालको निर्देशनमा ‘मेरो एउटा साथी’ गितको अफिसियल भिडियो सार्वजनिक

काठमाडौं, शाहिमा श्रेष्ठको स्वर र किरण केसी(क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेकोझ ‘मेरो एउटा साथी’ नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संजय राजविक्रम र शाहिमा श्रेष्ठको अभिनय रहेको उक्त गितलाई निर्देशक सृजन बरालले निर्देशन गरेका छन् । उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ ।

गितको निर्माण समायोजन जनता डिजिटल फिल्मस् ले गरेको छ । गितको अफिसियल भिडियो लाई आहा टिभि नामक युटुब मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् गितको पूरा भिडियो