Saturday, 28, November, 2020

भक्तपुरमा एकै परिवारका तीन मृत भेटिए

भक्तपुर, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित एक घरमा तीनजना मृत फेला परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन् ।

तीन जनासँगै घरमा पालेको कुकुरसमेत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सुशान्तको मृत शरीर फेला परेको जानकारी दिइन् ।

उनका अनुसार सुदीपका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । उनी शुक्रबार घर पुग्दा घरको ढोको खोलिएको र त्यसपछि क्रमशः कुकुर, भाउजू सम्झना, दाजु सुदीप र भतिजाको मृत शरीर देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक थापाले बताइन् ।

उनका अनुसार घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।