Friday, 27, November, 2020

निषेधाज्ञा तोडेर नै भदौ २५ देखि पसल खोल्ने नाडाको निर्णय

काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

नाडाको आज बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए। उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजीकरण गर्नुपर्ने बताए। सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने बताए।

‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण भन्दा पूरै व्यवसाय चलाउन पाउने गरी अगाडि बढ्नु पर्छ। यदि गरेन भने पनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्ु, उनले भने, ुयो कसैले पनि मान्‍नेवाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठीक हुँदैन सरकारले बुझ्नुपर्छ।’

उनले सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिएदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्ति गरे। व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलालले बताए। घरमै बसिबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्‍ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरूमा रहेको दुलालको भनाई छ।

सुरुदेखि नै हेर्‍यो भने सरकारी कर्मचारीहरुले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन। जतिपनि सरकारी कर्मचारीहरुले के भनेका छन् भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ घरमा बस्नुपर्छ भनेको छु, उनले भने, ुकिनभने उहाँहरुले तलब बसिबसी पाउनुभएको छ।

व्यवसायीहरु बाहेक खोल्नुपर्छ भन्‍ने मान्छे उद्योगपतिबाहेक, व्यवसायी बाहेक घरमा बसेर पैसा आउने जतिपनि राजनीतिज्ञ छन्, जतिपनि नेता छन्, जतिपनि कर्मचारी छन् सबै बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं।’ उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्‍ने बेला भइसकेको बताए।

मान्छेहरू रित्तो थाल बोकेर टुँडिखेलमा भेला हुन थालेको सरकारले देखेन उनले भने, निषेधाज्ञा नहटाइए २५ गतेदेखि अवज्ञा गर्नुको विकल्प छैन।