Saturday, 28, November, 2020

९७९ जनामा कोरोना संक्रमण पुष्टि,  निको हुनेको संख्या ३० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।

यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१, ४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९र१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६, १६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६र६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३र३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २र२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट सोमबार ११ जनाको मृत्युको पुष्टि भएको छ ।

काठमाडौंका ३, सिराहाका २ तथा मकवानपुर, दोलखा, पर्सा, बाँके, मोरङ र कास्कीका एकरएक जनाको मृत्यु भएको हो ।