Wednesday, 25, November, 2020

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

काठमाडौँ, अर्थ, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि रिक्त भएका ती सबै मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन्।

उनले दिएको राजीनामाको जानकारी र मन्त्रालयको जिम्मेवारीमा गरिएको हेरफेरको जानकारी केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको थियो।

सोहिअनुसार राष्ट्रपति भण्डारीबाट मन्त्रालयको जिम्मेवारीमा भएको हेरफेरलाई स्वीकृत गरिएको हो।

डा.खतिवडाले दिएको राजीनामाबारे राष्ट्रपतिलाई जानकारी दिन मुख्यसचिव लोकदर्शन रेग्मी शितल निवास पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने प्रस्ताव ल्याएका थिएनन्। सो मन्त्रीपरिषद् बैठकमा गौतमको नाम सिफरिस गर्न प्रस्ताव आउने आकलन गरिएको थियो।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा पठाउने फागुन १४ को निर्णय कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले नै जानकारी गराएका थिए। राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ । उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन् ।