Tuesday, 20, April, 2021

लामो दूरीका यातायातका साधन र हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नहुने

काठमाडौँ, सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको बताइएको छ ।

यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्‍चालन गर्ने अनुमति दिइसकेको छ ।

यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको छ।

मन्त्रीका अनुसार चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल (उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) र हङकङका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर (गृह मन्त्रालय) नियुक्त भएका छन् ।