Saturday, 16, January, 2021

मोरङ र रौतहट घटनाको छानविन गर्न नेविसंघ महामन्त्री तिमल्सिनाको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले मोरङ र रौतहटमा भएको दुइजनाको अकस्मात निधनप्रति आपत्ति जनाएका छन् ।

उनले घटना रहस्यात्मक भएको भन्दै सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नसमेत माग गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै उनले रौतहटको ईलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय विजय महराको असामयिक निधनप्रति उनले दुःख व्यक्त गरेका छन् । उनी स्वस्थ्य रहेको र मृत्युको कारण रहस्यपूर्ण भएको उनले जनाएका छन् ।

त्यसैगरी मोरङ जिल्ला कारागारमा रहेका २६ वर्षिय निराजन यादवको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा भएको निधन अस्वभाविक भएको भन्दै आपत्ति जनाएका छन् ।

उनले पटकपटक यस्ता घटना दोहोरिइरहनुले प्रहरीको छवि धमिलिने भन्दै प्रहरी प्रशासनलाई सजग र जिम्मेवार बन्न समेत आग्रह गरेका छन् ।