Saturday, 28, November, 2020

एसइई नतिजा सार्वजनिक, जिपिए विद्यालयबाटै

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वज्निक गरेको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयहरुले बोर्डमा पठाएको विद्यार्थीहरुको आन्तरिक मूल्याँकनलाई प्रमाणीकरण गरी एसइईको नतिजा प्रकासित गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।

०७८ चैत्त ६ गते संचालन हुने एसइई परीक्षामा कुल ४ लाख २ हजारले परीक्षा फारम भरेका थिए । तर स्कुलहरुबाट प्राप्त भएको योग्य विद्यार्थीको सँख्या ४ लाख ७२ हजार ७ मात्र रहेको बोर्डले जनाएको छ ।

बोर्डलाई स्कुलहरुले आन्तरिक मूल्याँक गरी पठाएको ४७२०७८ योग्य विद्यार्थीहरुको मूल्याँकनलाई बोर्ड बैठकले प्रमाणीकरण गरि नतिजा सर्वाजनिक गरेको हो ।

बोर्र्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीले आ–अनफनो परीक्षाको नतिजा विद्यालय बाटै लिने गरी बोर्डले नतिजा प्रिन्टि गर्ने काम मंगलबारदेखि सुरु गर्ने बताए । उनले विद्यार्थीले आ–आफनो जिपिए पनि विद्यालयबाटै थाह पाउने समेत जनाए ।

देश भरिका १० हजार ४ सय १९ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

गत वर्षसम्म एसइई परीक्षाको संचालन, ब्यवस्थापन तथा नतिजा प्रकाशनसम्मको जिम्मेवारी बोर्डको थियो । चैत्र ६ गते परीक्षाको संचालनको सम्पूर्ण तयारी बोर्डले गरीसकेको भए पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तिम समयमा सरकारले एसइई स्थगित गरेको थियो ।