Tuesday, 13, July, 2021

पर्सामा पोखरियाका मेयरसहित थप ९२ जनामा कोरोना

वीरगन्ज, पर्सा जिल्लाको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।

साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो । आइतबार बेलुकीसम्म प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । मेयर रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको हो ।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउनमा मात्र पर्सा जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सामा सेना परिचालन

कोरोना संक्रमण बढ्दै गएपछि पर्सामा भने सेना समेत परितालन गरिएको छ । खुला सिमानाका कारण भातीयहरुको आगमन बढेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।