Tuesday, 20, April, 2021

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

 

काठमाडौं ,गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।